आजको मौसम

२३ बैसाख, २०८२, मंगलवार
सारांश
  • देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका केही स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौँ, २३ वैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

 

जसका कारण, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया मौसम बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका केही स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 

त्यसैगरी, आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा मौसम आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ  । देशको हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार