उडिसा घटनाबारे मन्त्रालय गम्भीर रुपमा अध्ययन गरिरहेको छः मन्त्री पन्त

२२ बैसाख, २०८२, सोमवार
सारांश
  • सोमबार शिक्षा उपसमितिको बैठकमा उनले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको ति एजेन्सीहरुसँग बसेर घटनाको छलफल गर्न निर्देशन दिएको जानकारी दिए ।

काठमाडौँ, २२ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्यनरत नेपाली विद्यार्थी प्रिन्सा शाहको मृत्यु भएको घटनाप्रति मन्त्रालय गम्भीर भएर लागेको बताए ।

 

सोमबार शिक्षा उपसमितिको बैठकमा उनले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको ति एजेन्सीहरुसँग बसेर घटनाको छलफल गर्न निर्देशन दिएको जानकारी दिए ।

 

उनले भने, ‘मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको छ, ति मान्छेहरु पत्ता लगाउनु र उनीहरुसँग एक पटक बसेर कसरी यस्तो घटना भयो छलफल गर्नुपर्यो भनेर निर्देशन पनि दिएको छु । यसमा काम भइरहेको छ ।’

 

यस्तै, यो घटना घट्ना साथ मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यस बारेमा विस्तृत जानकारी लिन निर्देशन दिएको भन्दै यस बारेमा मन्त्रालयले आवश्यक समन्वय पनि गरेको बताए ।

 

यसैगरि, विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ ।

 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो ।

 

उपसमितिले पाएको ३५ दिनको समयसीमा हिजो सकिएको थियो । अझै केही छलफल र निर्णय बाँकी रहेको भन्दै उपसमितिले म्याद थप मागेको थियो । समितिका सभापति अम्मरबहादुर थापाले सोमबारको बैठकमा १० दिनको म्याद थपका लागि गरेको प्रस्ताव पारित भएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार