क्यान्सर पीडित बालिकाको उपचारका लागि प्रहरीले गर्यो आर्थिक सहयोग

२०८२ वैशाख १७ बुधबार
सारांश
  • जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी कर्मचारीले मन्थली नगरपालिका–२ टेकानपुरकी ५ वर्षीया बालिका अनु श्रेष्ठको उपचारका लागि आर्थिक सङ्कलन गरी सहयोग गरेका हुन् । ती बालिकाको उपचारका लागि प्रहरी कर्मचारीको तर्फबाट ५५ हजार ५ सय ५५ रुपैँया प्रदान गरिएको छ ।

रामेछाप : रामेछापकी एक क्यान्सर पीडित बालिकाको उपचाराका लागि प्रहरी कर्मचारीले आर्थिक सहयोग गरेका छन् । 


जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी कर्मचारीले मन्थली नगरपालिका–२ टेकानपुरकी ५ वर्षीया बालिका अनु श्रेष्ठको उपचारका लागि आर्थिक सङ्कलन गरी सहयोग गरेका हुन् । ती बालिकाको उपचारका लागि प्रहरी कर्मचारीको तर्फबाट ५५ हजार ५ सय ५५ रुपैँया प्रदान गरिएको छ । 


प्रहरी कर्मचारीबाट सङ्कलित रकम जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बुधबार बिरामीका बाबु सुमन श्रेष्ठलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै सिंहले प्रहरीको तर्फबाट अझै सकेको सहयोग हुने बताए । 


बालिकाको कान्ति बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । आफूसँग भएको रकम छोरीको उपचारमा सकेपछि थप उपचारको लागि आर्थिक सहयोगको अनुरोध गरिएको सुमनले बताए । 


‘डाक्टरले सुरुकै स्टेज भएकोले रोग त निको हुन्छ भनेका छन्, तर खर्च धेरै लाग्ने भयो, आफ्नो आर्थिक हैसियतले नधान्ने भएपछि सहयोगको लागि सबैलाई अनुरोध गरेको हो, छोरी बचाउन निक्कै गाह्रो प¥यो’, उनले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार