बालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई गरियो पक्राउ

२०८२ वैशाख १५ सोमवार
सारांश
  • वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले ४ जना अभियुक्तलाई पक्राउ गरेको जानकारी दिएको छ ।


रौतहट : रौतहट प्रहरीले बालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन मार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।


वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवको शव  वैशाख ६ गते  गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा  शव फेला परेको थियो  । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले  ४ जना अभियुक्तलाई पक्राउ गरेको जानकारी दिएको छ । 


प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका ४ का विकास पटेल  र अनिल साहलाई पक्राउ गरेको छ । 


प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पु¥याई गोली हानी हत्या गरेको पाइएको हो । रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोलि हानी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 


बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ स्थित  घरमा टिनको बाकसमा  लुकाएको अवस्थामा भेटिएको प्रहरी उपरीक्षक  घिमिरेले जानकारी दिए । 


उनीहरुले प्रयोग गरेको बीआर०५डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारीएको अवस्थामा गौरको एक वर्कशपबाट फेला परेको उनको भनाइ छ ।


पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए । घटनामा सग्लन अन्यको खोजी भै रहेको र यस सम्बन्धी थप अनुसन्धान भै रहेको  जिल्ला  प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार