- मरिनबाट लालबन्दीतर्फ आउँदै गरेका बा.२०च. १७८२ नम्वरको बोलेरो पिकअप भ्यानलाई लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटमा चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
रौतहट : सर्लाही प्रहरीले २ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।
मरिनबाट लालबन्दीतर्फ आउँदै गरेका बा.२०च. १७८२ नम्वरको बोलेरो पिकअप भ्यानलाई लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटमा चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
लालबन्दी नगरपालिका वडा नम्वर १ नबलपुर बस्ने २५ बर्षीय पिकअप भ्यानका चालक सुशिल चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले बताए ।
उनका अनुसार धानको भुस्साको बोरा मुनी रातो प्लाष्टिकले प्याक गरिएका ४५ पोका लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला परेको हो । पक्राउ परेका चौधरीसंग लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।गाँजा लोड भएको गाडी प्रहरीकै नियन्त्रणमा रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।