क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो

२०८१ चैत्र २२ शुक्रबार
सारांश
  • बिहीबार साँझ दुई जना नकाबधारी व्यक्तिहरूले कालोमोसो दलेका छन् । घटनापछि उनीहरु फरार भएका छन् भने प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

जनकपुर:जनकपुरधाम स्थित राम स्वरुप राम सागर बहुमुखि (राराब) क्याम्पसका प्रमुख प्रध्यापक डा. बसन्त कर्णमाथि कालोमोसो दलिएको छ । क्याम्पस प्रमुख साइन्स व्लकको निरीक्षण गर्ने बेला दुई जना अपरिचित व्यक्ति आएर उनीमाथि कालोमसो दलेको हो ।


बिहीबार साँझ  दुई जना नकाबधारी व्यक्तिहरूले कालोमोसो दलेका छन् । घटनापछि उनीहरु फरार भएका छन् भने प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।


धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार घटनापछि सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन् । प्रहरीले घटनाको साक्षीका रूपमा क्याम्पसका विद्यार्थी तथा कर्मचारीहरूसँग सोधपुछ गरिरहेको छ ।


प्रत्यक्षदर्शीहरूका अनुसार, ‘दुई जना मास्क लगाएका व्यक्ति अचानक क्याम्पस परिसरमा प्रवेश गरेर कर्णमाथि कालोमोसो दलेर भागेका थिए ।’ घटनाको वास्तविक कारण अहिलेसम्म खुलेको छैन । यद्यपि, क्याम्पसकै केही व्यक्तिहरू यस घटनामा संलग्न हुन सक्ने आशंका गरिएको छ ।


नाम उल्लेख नगर्ने सर्तमा क्याम्पसका एक प्राध्यापकले भने, ‘केही समयदेखि क्याम्पस प्रशासनसँग असन्तुष्टि राख्ने केही समूहहरू सक्रिय थिए । यो घटनामा त्यस्तै समूह संलग्न हुन सक्ने सम्भावना छ ।’


यस्तै, क्याम्पसका एक विद्यार्थी नेताले भने, ‘क्याम्पसमा विभिन्न विषयमा विवादहरू रहेका छन् । यदि समाधान नगर्ने हो भने यसले झनै तनाव बढाउन सक्छ ।’


कर्णमाथिको आक्रमणले शिक्षण संस्थामा देखिएको तनावलाई पुनः उजागर गरेको छ । यदि यस्ता घटनाहरूलाई रोक्न उचित कदम चालिएन भने शिक्षण संस्थाहरू सुरक्षित वातावरण दिन असमर्थ हुनेछन् । यसले समग्र शिक्षा प्रणालीमै नकारात्मक असर पार्न सक्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार