कुखुराको फ्रोजन मासुमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाउन माग
१९ चैत्र, २०८१, मगलवार
- पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिव पाँच लाख जनाले रोजगारी पाएको उनले बताए।
काठमाडौँ, १९ चैत । नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाउन माग गरेको छ । महासंघले ५ प्रतिशत अन्त शुल्क मात्र कायम गर्न माग गरेको छ ।
मंगलबार महासंघको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर ताजा खुकुराको मासुमा पाँच प्रतिशत अन्त शुल्क लाग्ने गरेको तर त्यही मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने गरेको भन्दै यसमा अन्तशुल्क मात्र कायम गर्न माग गरेको हो।
उनीहरुले मन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्रमा कृषिजन्य प्राथमिक उत्पादनमा मूल्य अभिबृद्धि कर लगाउँदा उपभोक्त मूल्य बढ्न गएको र चोरी पैठारी बढेको भन्दै मूल्य अभिवृद्धि कर हटाउन माग गरिएको छ।
२०७९ सम्म आर्थिक ऐनमा सिंगो र टुक्रा पारिएका फ्रोजन कुखुराको मासुमा पैठारीमा मूल्य अभिवृद्धी करमा छुट रहेको र पाँच प्रतिशत मात्र अन्त शुल्क थियो। आर्थिक ऐन २०८० मा आएर यी दुबैमा लाग्ने गरेको अन्त शुल्क हटाएर मूल्य अभिवृद्दी कर लगाएको थियो।
ताजा मासु बेच्दा पाँच प्रतिशत तर त्यही मासु फ्रिजमा राखेर बेच्चा १३ प्रतिशत कर लाग्ने व्यवस्था अव्यवहारिक भएकाले दुबैमा १३ प्रतिशत मृल्य अभिवृद्दी करको प्रावधान हटाउनु पर्ने महासंघका महासचिव दिनेश मिश्रले बताए।
भेटमा अर्थमन्त्री पौडेलले महासंघको मागमा सरकार सकारात्मक रहेको र आगामि बजेटबाट समस्या समाधान गर्ने बताएको मिश्रले बताए। आर्थिक ऐन २०८० मा भएको करको परिवर्तनले पोल्ट्री उद्योगलाई नराम्रो असर गरेको आत्मनिर्भर रहेको उद्योगलाई परनिर्भरतामा जाने जोखिम बढेको मिश्रले दाबी गरे।
पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिव पाँच लाख जनाले रोजगारी पाएको उनले बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।