महोत्तरीको पडौल बजार बन्द, व्यापारी आन्दोलित

२०८१ चैत्र ४ सोमवार
सारांश
  • बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको गरगहना चोरी भएको घटनामा स्थानीय प्रशासन र जनप्रतिनिधीको लापरबाही रहेको भन्दै व्यापारीहरु टायर बालेर प्रदर्शनमा उत्रेका छन् ।

जनकपुर : महोत्तरीको पडौल बजार तनावग्रस्त बनेको छ । शनिवार राति भएको चोरी घटनाविरुद्ध स्थानीय व्यापारीहरु आन्दोलित हुँदै बजार बन्द गराएका छन ।


बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको गरगहना चोरी भएको घटनामा स्थानीय प्रशासन र जनप्रतिनिधीको लापरबाही रहेको भन्दै व्यापारीहरु टायर बालेर प्रदर्शनमा उत्रेका छन् ।


शनिबार बजारमै रहेको शिवशान्ति ज्वेलर्समा चोरी भएको थियो । चोरले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट (लकर), क्यामराको हार्डडिस्क चोरी गरेर लगेको सञ्चालक अरुण कुमार साहले बताएका छन् ।


सुन पसलमा लागेको सीसीटिभी क्यामराको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्यामरामा चोरी गर्न प्रयोग भएको जीप र चोरीमा संलग्नहरूको भिडियो कैद भएको छ ।


बजारको अन्य ठाउँमा लागेको सिसिटिभी क्यामेरा सँचालनमा नरहेको भन्दै व्यापारीहरुले स्थानीय तहका पदाधिकारी र प्रशासन विरुद्ध नारावाजी गर्दै बजार बन्द गराएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार