हेटौँडा उपमहानगरपालिकाले गर्यो मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान

२०८१ फागुन २८ बुधवार
सारांश
  • हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले मकवानपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष र सदस्य बिशाल घलानलाई करिब ७० हजार बराबरको हेडसेट हस्तान्तरण गरेका हुन् ।

हेटौंडा: पछिल्लो समय हेटौंडाको खेलकुद विकासमा उत्कृष्ट भूमिका खेलेको हेटौँडा उपमहानगरपालिकाले मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान गरेको छ ।


हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले मकवानपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष र सदस्य बिशाल घलानलाई करिब ७० हजार बराबरको हेडसेट हस्तान्तरण गरेका हुन् ।


बिश्वमा प्रबिधिको बिकास भएसगै हामीले पनि हाम्रो तर्फबाट हाम्रो जिल्लाको रेफ्रिको स्तर उन्नतिको लागि र प्रबिधिसंग जोडिनको हामीले सानो सहयोग गर्न पाउदा खुशि भएको नगर खेलकुद बिकास समितिको अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले बताए ।


यसैगरी मकावनपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष सरस्वती लो ले नगरपालिकाले गरेको सहयोगले हामीलाई हौसला मिलेको बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार