अवैद्य काठ विरुद्ध वनका टोलीको विशेष अभियान जारी

२०८१ फागुन २६ सोमबार
सारांश
  • सुराकीको आधारमा छापा मारिएको जानकारी डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले जानकारी दिए ।

जनकपुर: अवैद्य काठ विरुद्ध वनका टोलीको विशेष अभियान जारी रहेको छ ।


धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ३ गजरिया स्थित एउटा सः मिलमा छापामारी गरी अवैद्य काठ बरामद गरिएको छ । सो सः मिल क्षीरेश्वरनाथ नगरपालिका ३ का जगदीश ठाकुर र भंगहा नगरपालिका ९ का ललित ठाकुरको रहेको छ ।


कञ्चनवन भन्दा पूर्व रहेको सो सः मिलबाट सालको ९ थान गोलिया बरामद गरिएको छ । सो काठ ७१.६० क्वीफिट रहेको छ । सुराकीको आधारमा छापा मारिएको जानकारी डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले जानकारी दिए ।


छापामारी गर्न टोली पुग्दा सञ्चालकहरु भगेका थिए । छापामारी वन अधिकृत रामसुन्दर साह र जिल्ला कमन्डर वैद्यनाथ सिंहको नेतृत्वमा गरिएको छ । छापामारीको क्रममा नेपाल प्रहरीका टोली पनि पुगेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार