विपद् व्यवस्थापनमा प्रविधि :‘ड्रोन’ बाट आगलागी नियन्त्रणका लागि तालिम
२०८१ फागुन २५ आईतवार
- आज राष्ट्रिय सभा गृहमा नगर प्रहरी, बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीसहित ४० जनालाई तालिम र अभ्यास गराइएको हो ।
काठमाडौँ : आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ ।
आज राष्ट्रिय सभा गृहमा नगर प्रहरी, बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीसहित ४० जनालाई तालिम र अभ्यास गराइएको हो ।
तालिमको सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसलाई प्रयोग गर्नुअघि प्रोपेलरको परीक्षण र जडान, ड्रोन दर्ता र नियामक निकाय, सञ्चालन प्रक्रिया, प्रयोग गर्न नहुने र सञ्चार समन्वय गरेर मात्र प्रयोग गर्नु पर्ने अवस्था, आपतकालीन अवस्था व्यवस्थापनमा यसको प्रयोग, आगलागी नियन्त्रणमा प्रयोग हुने ड्रोनमा राखिने फायर इस्टिङ्ग्विसर बल, नियमन व्यवस्थापनसँग सम्बन्धित सरोकारवालालगायत विषयमा ज्ञान प्रदान गरिएको छ।
यस्तै फायर इस्टिङ्विसर बल राखिएको ड्रोनलाई आगलानी भएको ठाउँमा लैजाने र बल खसाल्ने विधिलाई अभ्यास पनि गराइयो ।
यस क्रममा सभा गृहको प्राङ्गणमा राखिएको ड्रममा बालिएको आगो ड्रोनबाट फायर इस्टिङ्ग्विसर बल खसालेर निभाइएको थियो ।
घना सहरी बस्तीमा आगलागीलगायत विभिन्न खालका जोखिम बढ्दो क्रममा छ । विपद व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालले, बढ्दो चुनौती सामना गर्न प्रविधिको विकास हुनु अवसर भएको र यही अवसरलाई क्षमतामा विकास गर्न लागिएको बताउनुभयो ।
नयाँ सडक, बालाजु र रामहिटीबाट अग्नि नियन्त्रण सेवा
घना बस्ती भएकाले काठमाडौँ आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । यसका लागि प्रविधिमा आधारित क्षमता विकास थालिएको हो ।
महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने ४ वटा दमकल छन् । एउटा मर्मतका क्रममा रहेको छ । नयाँ सडकमा एउटा दमकल र एउटा रेस्क्यु ट्रक राखिएको छ । बालाजुमा २ वटा र रामहिटीमा एउटा दकमल छ । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप छन् । यसैगरी ८ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दमकलमा पानी थप्न एउटा पानी ट्याङ्कर छ । डुवानका समयमा पानी तानेर फाल्नका लागि ४ वटा पम्प छन् । केही साधन तथा उपकरण भने मर्मत गरिँदैछ ।
आगलागी हुँदा दमकल जान नसक्ने कतिपय साँघुरा सडक तथा गल्लीमा ड्राइराइजर जडान गरिएको छ । कतिपयमा जडान प्रक्रिया चलिरहेको छ । यो काम केन्द्रबाट विपद व्यवस्थापन विभाग र वडाबाटै पनि काम भइरहेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।