१० वटै जिल्लाका अनुसन्धान अधिकृतहरु सुर्खेतमा, रणनीति बनाइने
२०८१ फागुन २३ शुक्रवार
- प्रहरीले कर्णाली प्रदेश स्तरीय अपराध अनुसन्धानको समीक्षा गर्ने, अनुसन्धानका चुनौती समाधानका लागि रणनीति बनाउने बताइएको छ ।
सुर्खेत: नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु सुर्खेतमा भेला भएका छन् । अपराध अनुसन्धानका चुनौती र समाधानको रणनीति बनाउन कर्णालीका १० वटै जिल्लाका अनुसन्धान अधिकृत सुर्खेत आएका हुन् ।
प्रहरीले कर्णाली प्रदेश स्तरीय अपराध अनुसन्धानको समीक्षा गर्ने, अनुसन्धानका चुनौती समाधानका लागि रणनीति बनाउने बताइएको छ ।
शुक्रबार समीक्षा गोष्ठि उद्घाटन गर्दै कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपराध अनुसन्धानमा प्रहरीले खेलेको भूमिका र सफलताको प्रसंशा गरे ।
प्रविधीको बिकाससंगै अपराधको शैली परिवर्तन भएको भन्दै अनुसन्धानको दायरालाई पनि समयानुकुल बनाउदै लैजानुपर्ने मुख्यमन्त्री कँडेलले बताए ।
समाजमा बदलिँदो आपराधिक परिवेश, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश एवम् अनुशासनहीनतालाई सेवा प्रवाहमा विकास र परिवर्तन गर्दै अपराध अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरि सुधारका क्षेत्रहरु पहिचान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘अनुसन्धानमा रहेका कानूनी लगायत अन्य समस्याको पहिचान गरि समाधान गर्न साझा धारणा विकास गर्नुहोस्,’ कँडेलले भने, ‘नागरिकको जीउ, धन र वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्नु र विना भेदभाव न्यायको सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो ।’
राज्यले कानून तर्जुमा गर्नु मात्र पयाप्त नभइ कानूनको प्रभावकारी कार्यान्वयन, विद्यमान कानूनी व्यवस्था र उपलब्ध स्रोत साधनले अपराधलाई सम्बोधन, अनुसन्धान, प्रक्रिया तथा प्रविधि बारेमा समय समयमा अध्ययन र समिक्षा हुनुपर्ने उनको भनाई छ ।
अपराध अनुसन्धानमा भइरहेका कामहरुको समिक्षा गर्दै सहभागी प्रहरी अधिकृतहरुलाई अझ परिस्कृत ढंगले काम सम्पादनमा उत्प्रेरित गर्ने विश्वास उनको छ ।
नागरिकको भरोसाले मात्र समाजमा विश्वास र सहयोगको वातावरण सिर्जना गर्न सकिन्छ भन्ने विषयमा प्रहरी कर्मचारीले हेक्का राख्नुपर्ने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।