रामेछाप, दोलखा र सिन्धुलीका दुग्ध व्यवसायीलाई मिल्क एनालाइजर तालिम

२०८१ फागुन २२ विहिबार
सारांश
  • राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।

रामेछाप : दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकहरूका लागि मन्थलीमा मिल्क एनालाइजर सञ्चालन तथा मर्मत तालिम सुरु भएको छ । 


राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग प्रालिका संचालक किशोर पौडेलको अध्यक्षतामा तालिम कार्यक्रमको उद्घाटन गरिएको हो । 


उद्घाटन कार्यक्रममा रामेछापका प्रथम दुग्ध सङ्कलक मुकुन्द कडरिया, मन्थली दुग्ध सहकारीका अध्यक्ष ध्रुव थापा, तालिमका प्रशिक्षक गोविन्द शर्मा तिमल्सिना, सहकारीकर्मीहरु प्रज्ञान खड्का, प्रमोद श्रेष्ठ लगायतको सहभागिता थियो । 


नेपाल डेरी एसोसिएसन वाग्मती प्रदेश समितिका सदस्य समेत रहेका चिरञ्जीवी डेरी उद्योगका संचालक एवम् तालिमका संयोजक भानुभक्त श्रेष्ठका अनुसार तालिमको लक्ष दूध व्यवसायलाई प्रविधिमैत्री बनाउने  राखिएको छ । तालिममा दोलखा, रामेछाप र सिन्धुलीका गरी २० जनाको सहभागिता रहेको छ । 


५ दिनसम्म चल्ने तालिममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका गोविन्द शर्मा तिमल्सिनाले सहजीकरण गर्ने बताइएको छ ।
 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार