यस्ता छन् आज, विदेशी मुद्राको विनिमय दर

२०८१ फागुन १७ गते शनिवार
सारांश
  • आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७० पैसा र बिक्रीदर १४० रुपियाँ ३० पैसा

काठमाडौं: नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

 

जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७० पैसा र बिक्रीदर १४० रुपियाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ७८ पैसा र बिक्रीदर ९७ रुपियाँ १९ पैसा कायम गरिएको छ ।

 

यस्तै, युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ २४ पैसा र बिक्रीदर १४५ रुपियाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ ८४ पैसा र बिक्रीदर १७६ रुपियाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ७३ पैसा र बिक्रीदर १५५ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ६० पैसा र बिक्रीदर १०४ रुपियाँ ०४ पैसा रहेको छ ।

 

यसैगरी, जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १९ पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा र हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८ रुपियाँ ०४ पैसा  रहेको छ ।

 

त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ३५ पैसा र बिक्रीदर ४५४ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपियाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपियाँ ४२ पैसा निर्धारण गरेको छ ।

 

यसको साथै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३३ पैसा र बिक्रीदर ३८ रुपियाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर ३८ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३१ पैसा र बिक्रीदर ३१ रुपियाँ ४४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९८ पैसा र बिक्रीदर १३ रुपियाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा तोकिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार