प्रेमीको हत्या गर्ने महिला पक्राउ

२०८१ फागुन १५ गते विहिबार
सारांश
  • प्रहरी कार्यालय धनुषाले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ ।

जनकपुर: प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन् ।
धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षिय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षिया अनिताकुमारी यादव पक्राउ परेकी छन् ।


मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ ।


गत पुस ४ गते धुनषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम सडकखण्डमा रहेको खैरा खोलाको पुलमुनि अन्सारीको निधार तथा घाँटी रेटि बोराभित्र बाँधिएको अवस्थामा शव फेला परेको थियो ।


अनुसन्धानमा मृतक अन्सारीसंग अनिताकुमारी यादव साढे दुई वर्ष प्रेम सम्बन्धमा रहेको खुलेको छ । मृतकले अनितालाई कतार रहदा बेलाबेलामा पैसा समेत पठाउने गरेकोसमेत खुल्नआएको धनुषा प्रहरीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । अनुसन्धानकै क्रममा यादवको श्रीमान राजकिशोर यादवको समेत संलग्नता रहेको खुलेको तिवारीले बताए ।


यादव गत मंसिर १५ गते साउदीबाट घर फर्किएको थियो । अनिताले मृतक अन्सारीलाई उनको श्रीमती विरामी रहेको झुठो खवर दिई कतारबाट नेपाल बोलाएकी थिईन् । अन्सारी मंसिर २६ गते घर फर्किएका थिए । अन्सारीलाई अनिताले मंसिर २७ गते आफ्नो घरमै बोलाएर श्रीमान् श्रीमति मिलेर उनलाई सुत्ने कोठामा बन्धक बनाई बन्चरो प्रहार गरी हत्या गरेका थिए ।


घटना लगतै अनिताका श्रीमान् राजकिशोर साउदी फर्किएका थिए । राजकिशोरलाई नेपाल फिर्ता ल्याउन आवश्यक कानुनी प्रक्रिया भईरहेको छ जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार