बागमती खोलामा भासिएको पुलको मर्मत गरियो

२०८१ फागुन ११ गते आईतवार
सारांश
  • पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुुगी केही भागमा ढलान उप्किएको अवस्थामा मर्मत गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दन प्रसाद तोरसले बताए ।

रौतहट :  रौतहट र सर्लाहीलाई जोड्ने बागमती खोलामा भासिएको पुलको मर्मत कार्य सकिएको छ । सर्लाहीबाट आउँदा पाँच नम्बर रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको थियो । 


पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुुगी केही भागमा ढलान उप्किएको अवस्थामा मर्मत  गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दन प्रसाद तोरसले बताए । 


उनका अनुसार पुल सञ्चालन भएसँगै अब डाइभर्सन भत्काएर त्यहाँ हालिएका ह्यूमपाइप निकाल्ने तयारी भइरहेको छ । पुल मर्मतको काम करीब एक साता पछि  सकिएको उनको भनाइ छ ।


पुलको मर्मत कार्य गर्न भन्दै माघ २७ गतेदेखि पुलबाट सवारी साधन सञ्चालनमा रोक लगाइ डाइभर्सनबाट बागमती खोला वारपार गर्ने व्यवस्था मिलाइएको थियो । 


पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको ‘कङ्क्रिट’ हालेर ढलान गरिएकाले तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने भएको सडकका प्राविधिकले बताएका छन् ।


तत्कालिन शोभियत संघ सरकारको आर्थीक सहयोगमा ५० बर्ष अघि निर्माण गरिएको जनाइएको छ । अब पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा यी पुलसँगै अर्को समानान्तर पुल निर्माण गर्ने तयारी गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार