- कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, जगद् गुरु श्रीकृष्णमणि महाराज लयागतको उपस्थिति रहेको थियो ।
विराटनगर: राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको धरान उपमहानगरपालिका ८ मा स्थापना भएको राधाकृष्ण प्रणामी मन्दिरद्वारा निर्मित धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरेका छन् ।
शुक्रवार एक समारोहका बिच पौडेलले सो धर्मशाला र साधनालयको उद्घाटन गरेका हुन् । सो समारोहलाई सम्बोधनका क्रममा पौडेलले सबै धर्म तथा सम्प्रदायको लक्ष्य मानव सेवा रहेको उल्लेख गरे ।
उनले मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक रहेको बताएका राष्ट्रपति पौडेलले भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस संसारभर भइरहेको उल्लेख गरे । धर्मशाला पनि मानवीय सेवाको मन्दिर भएको बताए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, जगद् गुरु श्रीकृष्णमणि महाराज लयागतको उपस्थिति रहेको थियो ।
सवा ३ करोड लागतमा निर्माण गरिएको धर्मशालामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क कोठा उपलब्ध गराउने व्यवस्थापन समितिले जनाएको छ ।
सोही धर्मशालाको उद्घाटन गर्न राष्ट्रपति पौडेल शुक्रवार कोशी प्रदेशको सुनसरी स्थित धरान आएका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’