कार्यसम्पादन मूल्यांकनमा जनकपुरधाम उप–महानगरपालिका कमजोर

२०८१ फागुन ४ गते आईतवार
सारांश
  • मुखिया पट्टि मुसहरनिया गाउँपालिका ४५.४ अंकका साथ दोस्रो स्थानमा छन् जनकनन्दिनी गाउँपालिका ४५.२ अंकका साथ तेस्रो स्थानमा छन् ।

जनकपुर: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा जनकपुरधाम उप–महानगरपालिका धनुषा जिल्लाका गाउँ पालिकाहरु भन्दा पनि कमजोर देखिएको छ ।


आयोगले विभिन्न १७ वटा सूचक राखेर १०० पूर्णाङ्कमा गरेको कार्यसम्पादन मूल्याकंनमा धनुषाको १८ वटै स्थानीय तह मध्ये हंसपुर नगरपालिका ४६.५ अंकका साथ अग्रस्थानमा रहेका छन् भने क्षिरेश्वर नगरपालिका २९.८ अंकका साथ सवै भन्दा पुछारमा रहेका छन् ।
जनकपुरधाम उप–महानगरपालिकाले ३५.८ अंक पाएका छन् भने उप–महानगरपालिका भन्दा बढी यहाँका गाउँपालिकाहरुले अंक पाएको छ ।


मुखिया पट्टि मुसहरनिया गाउँपालिका ४५.४ अंकका साथ दोस्रो स्थानमा छन् जनकनन्दिनी गाउँपालिका ४५.२ अंकका साथ तेस्रो स्थानमा छन् ।


त्यस्तै धनौजी गाउँपालिका (३८.६), औरही गाउँपालिका ४३.१, लक्ष्मीनिया गाउँपालिका ४२.३, वटेश्वर ४२.५ अंक प्राप्त गरेका छन् ।


त्यस्तै गणेशमान चारनाथ नगरपालिका ३४.३, धनुषाधाम नगरपालिका ४६.५, मिथिला नगरपालिका ३८.३, मिथिला विहारी नगरपालिका ३८.७, सवैला नगरपालिका ३४.७, शहीद नगरनगरपालिका ३९, कमला नगरपालिका ४२.३, विदेह नगरपालिका ४२.५ र नगराइन नगरपालिका ३८.६ अंक प्राप्त गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार