मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो :सांसद कार्की

२०८१ फागुन १ गते बिहिबार
सारांश
  • सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

काठमाडौं : बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् । 


सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् । 


नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले बुधबार बबरमहलमा  मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरीयहीन काम गर्दाको नजिताका रुपमा पाइप फुटेको बताइन् । 


उनले भनिन्,‘मेलम्ची खानेपानी आयोजना भनेर वर्षौदेखि आज जनतालाई झुक्याइएको अवस्था छ । अर्बौ खर्च भइसकेको छ । अझै प्रोजेक्ट पूर्ण हुनलाई त्यहाँ अर्बौं लाग्छ रे । यही एउटा मेलम्ची देखाएर जनतालाई काकाकुल बनाए झुक्याएर ठगेर बसेको अवस्था छ,’ उनले अगाडि भनिन्,‘निर्माण सम्पन्न भइसकेको भनिएको पाइप विस्तारको काममा पनि फुटेर सडक नै भत्किएर बाढी जाने अवस्था आइसकेको छ ।जिम्मेवार निकायहरु थप जिम्मेवार हुनुपर्यो, त्यसमा गृहकार्य गर्नुपर्यो । यसमा गुणस्तरको काम नै भएन, के कत्तिको पानी फ्लो त्यसले थाम्न सक्छ, यस्तो कुरामा राम्रो अध्ययन हुनुपर्छ ।’


पाइप फुटेपछि पानी बगेर बबरमहल क्षेत्र जलमग्न भएको थियो । बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइइसँगै मर्मत सुरु गरिसकेको छ ।

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार