तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२०८१ माघ २९ गते मंगलवार
सारांश
  • आज विधायन व्यवस्थापन समितिको बैठक सिंहदरवारमा बिहान ११ बजे बस्दैछ ।

काठमाडौं: मंगलबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।
जसअनुसार आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । 


आज विधायन व्यवस्थापन समितिको बैठक सिंहदरवारमा बिहान ११ बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।  


यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिनको १ बस्ने भएको छ । आज बस्ने बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि  छलफल हुने कार्यसूची रहेको छ । 


यसैगरी आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । आज बैठकमा सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गरिने छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार