सरकारले जारी गरेको अध्यादेश स्विकृत हुने कुरामा कुनै समस्या छैन : महेश बर्तौला

२०८१ माघ २४ गते विहिबार
सारांश
  • बिहीबार प्रतिनिधि सभाको बैठकपश्चात उनले अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नको लागि असहजता भएको हो की भन्ने प्रश्न उठ्ने गरेको भन्दै यसमा कुनै समस्या नभएको स्पष्ट पारेका हुन् ।

काठमाडौं :  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले जारी गरेको अध्यादेश स्विकृत हुने कुरामा कुनै समस्या नभएको बताएका छन् । 


बिहीबार प्रतिनिधि सभाको बैठकपश्चात उनले अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नको लागि असहजता भएको हो की भन्ने प्रश्न उठ्ने गरेको भन्दै यसमा कुनै समस्या नभएको स्पष्ट पारेका हुन् । 


उनले भने, ‘अध्यादेशको बारेमा कहिले काही विवेचना पनि हुन्छन् । कतै केही अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नको लागि असहजता हो भनेर तर यी विषयमा केही समस्या छैन । दुवै हाउसबाट सरकारले जारी गरेको अध्यादेश संसदमा पेश भएको छ । स्विकृत हुने कुरामा कुनै समस्या छैन ।’


यसको साथै, उनले आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्नेगरी कार्यसूचीबाट हटाएको भन्दै यो सामान्य विषय भएको बताए । 


उनले भने, ‘आजको कार्यसूचीमा रहेको अध्यादेशसँग सम्बन्धित विषय सरकारले अर्को दिनका लागि छलफल गर्ने गरि कार्यसूचीबाट हटाउने प्रस्ताव गरेपछि त्यही अनुसार अगाडि बढियो र सामान्यतया सरकारी बिजनेशमा सरकारले छलफल कहिलेकाही तलमाथि गर्न सक्छ यो नियमित र सामान्य प्रक्रिया हो ।

 

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार