जसपा नेपालको समर्थनसहित अध्यादेश पारित हुन्छ : काग्रेस
२०८१ माघ २४ गते विहिबार
- बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरु परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरुलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसले जनता समाजवादी नेपालसहितको समर्थन सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेको छन् ।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरु परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरुलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताएका हुन् ।
उनले भने,‘आज अध्यादेश पेस हुन्छ । ५१ वटा अस्वीकारका सूचनाहरु परेको छन् । यो सबैमाथि छलफल हुन्छ । छलफल भएर अस्वीकारका सूचनाहरुलाई अस्वीकार गरिने छ । त्यसपछि यो अध्यादेश स्वीकृत हुन्छ । पारित हुनेमा ढुक्क छौ । जसपा नेपालले समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । अहिले पनि सत्ता पक्षको बेन्चमा बसेको छ । उहाँहरुको समर्थनसहितले यो अध्यादेश पनि हुन्छ ।’
उनले संसदीय दलको बैठकअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेको र उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको पनि जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’