- छलफल गरिरहँदा निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवार र कतिपय निर्वाचित भएर आएका प्रतिनिधि भनेका चाँही मत किन्ने, आंचारसंहिता उल्लंघन गर्ने, एउटै मान्छेलाई पटकपटक भोट हाल्न लगाउने, जथाभावि खर्च गर्ने, खर्च गरेको विवरण पनि आयोगमा गलत पेश गर्दै आयोगलाई जिल्याँउने, गठबन्धन गरेर महिलाहरुलाई आउनबाट रोक्ने, पैसाको चलखेल गर्ने आदि ईत्यादि कुराहरु समितिमा उठ्यो
काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोग हरेक कुरामा संवेदनशिल रहेको बताएका छन् ।
बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आयोग कहिले आफ्नो परिभाषा बदलेर बेइमानी काम नगर्ने बताएका हुन् ।
उनले भने, ‘छलफल गरिरहँदा निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवार र कतिपय निर्वाचित भएर आएका प्रतिनिधि भनेका चाँही मत किन्ने, आंचारसंहिता उल्लंघन गर्ने, एउटै मान्छेलाई पटकपटक भोट हाल्न लगाउने, जथाभावि खर्च गर्ने, खर्च गरेको विवरण पनि आयोगमा गलत पेश गर्दै आयोगलाई जिल्याँउने, गठबन्धन गरेर महिलाहरुलाई आउनबाट रोक्ने, पैसाको चलखेल गर्ने आदि ईत्यादि कुराहरु समितिमा उठ्यो । तर निर्वाचन आयोग कुनै पनि राजनीतिक दल, उम्मेदवार र यहाँहरुलाई त्यस्तो बेमान पात्र ठान्दैन ।’
साथै, उनले हामीले आफ्नो परिभाषा बदल्न नहुने बताए । उनले दलिय व्यवस्थामा दल, उम्मेदवार र निर्वाचन प्रतिनिधि सधैं इमान्दार रहने बताए ।
साथै, उनले अहिलेको निर्वाचन प्रणालीलाई नै सुधार गर्नुपर्ने बताए ।
उनले प्रणाली फेर्दा अवस्था उस्तै तर प्रणाली फेरिएको देशको पहिचान बनाउन सक्ने भन्दै थपलियाले अहिलेकै निर्वाचन प्रणालीले समृद्धि आउन नरोकिने बताए ।
उनले भने, ‘हामीले गरेको अध्ययनले तत्कालै निर्वाचन प्रणाली फेरिएन भने समृद्धि रोक्छ भन्दैन । सडकमा धुलो उडेको यही प्रणालीले गर्दा भनेको छैन । राजनीतिक तहमा छलफल त गर्न सक्नुहुन्छ, कम्तीमा पनि बृहत् र तुलनात्मक अध्ययन गरेर हिजो नभएको कुरा यस्तो हुन्छ भन्नुपर्छ । हामीले संविधानपिच्छे प्रणाली फेरेको छौँ, संविधान र कानुन फेर्ने अवस्था उस्तै भन्ने देश पो बन्छ कि ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।