- बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने र बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
काठमाडौं: आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने र बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि छलफल गर्ने छ ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’