माओवादीले अब कसैकाे बैशाखी टेक्दैन: अध्यक्ष प्रचण्ड

२०८१ माघ १२ गते शनिबार
सारांश
  • प्रेस सेन्टर दाङले घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेनलनमा उनले आफ्नै शक्तिकाे बलमा माओवादीले चुनाव लड्ने बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा कसैकाे बैशाखी नटेकी एक्लै चुनावमा हाेमिने दाबी गरेका छन् ।

 

प्रेस सेन्टर दाङले घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेनलनमा उनले आफ्नै शक्तिकाे बलमा माओवादीले चुनाव लड्ने बताएका हुन् ।`उपचुनावले माओवादीलाइ उकालोबाटाे तर्फ लगेकाे छ । माओवादी बैशाखी टेक्ने जात हाेइन´ उनले भने,`अवकाे चुनावमा कसैकाे बैशाखी टेक्दैनाैं । माओवादी आफ्नै शक्तिमा उभिन्छ ।´

 

साथै उनले ०८४ सम्म एमालेसँग समीकरण बनाउने सम्भावना नरहेकाे दाबी गरे । `सरकारकाे बारेमा रुची छैन । तर, याे सरकार आफ्नै भारीले थिचिएर जान्छ । सरकारकाे बारेमा काँग्रेस भित्रबाट आलाेचना सुरु भएको छ । एमाले भित्र उकुसमुकुस छ,´ उनले भने,`सरकार लामाे समय जाँदैन हेर्दै गर्नुहाेला ।´

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार