मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक महत्वपूर्ण दस्तावेज : गगन थापा
२०८१ माघ ७ गते सोमवार
- सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरु बनाएपनि मूल कानून नबनेको भन्दै आउन लागेको विधेयक महत्वपूर्ण बन्ने बताए ।
काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरु बनाएपनि मूल कानून नबनेको भन्दै आउन लागेको विधेयक महत्वपूर्ण बन्ने बताए ।
उनले भने, ‘अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरु बनाए पनि यसको मूल कानून हामीले अझैसम्म बनाएका छैनौ । त्यसको कारण नेपालको कृषिको दिशा के हुने भन्ने सम्बन्धमा जुन गति समात्नुपर्ने थियो त्यो ठाँउमा अलिकति ग्यापहरु छन् । त्यसकारण कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि महत्वपूर्ण दस्तावेज बन्नसक्छ ।’
यसको साथै, उनले सरकारले ल्याउन लागेको कानून जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भनेर पुष्टि गर्ने नयाँ अवसर भएको पनि बताए ।
उनले भने, ‘सरकारले ल्याउने जुन कानून छ त्यो कानूनमा जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ । विषय अहिले कुनामा परेको छ यसलाई केन्द्रमा ल्याउने अवसर अहिले आएको छ । यो अवसरमा काम गरौं ।’
हाम्रो दैनिक भान्सामा पाक्ने सामान पनि बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको भन्दै यसबारे प
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।