कर्णालीमा हिउँ पर्यो, ताल्चा विमानस्थल बन्द

२०८१ माघ ३ गते बिहिवार
सारांश
  • हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिउँदे अन्नवाली जौं ,गहुँ ,उवा प्रभावित भएको छ ।

मुगु: बिहीबार विहानदेखि कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ । मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो बढेको छ ।


हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिउँदे अन्नवाली जौं ,गहुँ ,उवा प्रभावित भएको छ । माघको पहिलो साता भए पनि हिउँ पर्दा कृषक खुशी भएको कृषक कुम्बरसिह खड्काले बताए । 


विहीबार दिउँसो मुगुको सदरमुकाममा बर्षा समेत भएको छ भने माथिल्लो उच्च भेगमा दुई फुटसम्म हिमपात भइरहेको छ । जसका कारण गाईबस्तु चरनका लागि समस्या भएको छ । हिमपातका कारण ताल्चा विमानस्थलमा नियमित उडान प्रभावित भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार