संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दैँ

२०८१ पुष ९ गते मंगलवार
सारांश
  • प्रतिनिधि सभा अन्तरगत कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

काठमाडौं: संघीय संसद अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ ।

 

मंगलबार प्रतिनिधि सभा अन्तरगत कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

 

कानून, न्याय तथा सत्व अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुने कार्यसूचि रहेको छ । बैठकको समय बिहान ११ः०० बजे छ ।

 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकको समय दिनको १ः०० बजे रहेको छ ।

 

त्यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफलको कार्यसूची रहेको छ भने विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता माननीयहरुलाई आमन्त्रित गरिएको छ । बैठकको समय बिहान ११ः०० बजे रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार