काठमाडौंमा मधेशी युवाहरुमाथि कुटपिट घटनाप्रति जनकपुरधामका युवाहरु आन्दोलित
२०८१ पुष ७ गते आईतवार
- विषयमा कहिँकतै कसैको ध्यानाकर्षण भएन भने मधेशी युवा संघर्षको बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ ।
जनकपुर: जनकपुरधामका मधेशी युवाहरु आन्दोलित भएका छन् । शनिबार सम्पन्न एनपीएल खेल पश्चात काठमाडौंमा मधेशी समुदायका युवाहरुमाथि कुटपिट भएको घटनाप्रति विरोध जनाउँदै जनकपुरधामका मधेशी युवाहरुले जुलुस र नाराबाजी गरेका छन् ।
उनीहरुले प्रमुख जिल्लाअधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ज्ञापन पत्रमा विभिन्न पहाडी युवा समूहद्वारा काठमाडौंको त्रिवि गेट र परिसर वरपर मधेशी समुदायका युवा युवतीहरुमाथि हातपात, कुटपिट, गालिगलौच जस्ता घटनाप्रति सरकारले नेपालको संविधान र कानुन अनुसार यस्ता सम्प्रदायिक कार्यमा संलग्न व्यक्ति र समूहलाई कानुनी कारबाहीको माग गरिएको छ ।
साथै यस विषयमा कहिँकतै कसैको ध्यानाकर्षण भएन भने मधेशी युवा संघर्षको बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ ।
शनिबार सम्पन्न एनपीएलको खेलमा जनकपुर बोल्टस्ले जिते पश्चात मधेशी समुदायका युवाहरुमाथि कुटपिट भईरहेको र केही युवा घाईते भई अस्पताल भर्ना भएको फोटो र भिडियो सार्वजनिक भएको थियो ।
यस घटनाप्रति मधेशी आयोगले समेत ध्यानाकषर्ण गराउँदै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई घटनामा संलग्न समूहको पहिचान गरि दोषीलाई कारबाहीको लागि अनुरोध गरेको छ ।

सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
-
आर्थिक कारणले नै दसैँ कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा सचेत छौँ- प्रधानमन्त्री शाह
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’