पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२०८१ मंसिर २ गते, आइतवार
सारांश
  • काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको हो।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ।

 

काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको हो।

 

ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए।

 

उनी २०४६ सालको जनआन्दोलनपछिको पहिलो प्रतिनिधिसभामा २०४८ देखि २०५१ सालसम्म सभामुख थिए।

 

उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।

 

उनका एक छोरा र एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार ढुंगानाको सोमबार अन्त्येष्टी गरिनेछ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार