विश्वकपमा छनोट यू–१९ महिला टोलीलाई क्यानले जनही साढे दुई लाख दिने
२९ कार्तिक, २०८१, बिहिवार
- आगामी वर्ष मलेसियामा हुने आइसीसी महिला यू–१९ टी–२० महिला विश्वकपमा छनोट भएको नेपाली टीमलाई क्यानले पुरस्कार रकम घोषणा गरेको छ।
काठमाडौं – आगामी वर्ष मलेसियामा हुने आइसीसी महिला यू–१९ टी–२० महिला विश्वकपमा छनोट भएको नेपाली टीमलाई क्यानले पुरस्कार रकम घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार विश्वकपको एसिया छनोटको विजेता बनेको नेपाली महिला टीमलाई जनही २ लाख ५० हजार नगद पुरस्कार घोषणा गरेको हो।
यू–१९ महिला क्रिकेट टोली पहिलो पटक जनवरी २०२५ मा मलेशियमा आयोजना हुने आइसीसी महिला यू–१९ टी–२० विश्वकपमा छनोट भएर इतिहास रचेको थियो। महिला टोलीले सफलता प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै यस क्यानले यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुन सफल खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख पचास हजार र टीममा समावेश टीम अफिसियलहरुलाई जनही एक लाख पचास हजार नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो।
नेपाली यू–१९ राष्ट्रिय महिला क्रिकेट टोलीले जनवरी १८ देखि फ्रेबुअरी २, २०२५ सम्म मलेशियामा संचालन हुने प्रतियोगिताको समुह ुडीु अन्तर्गत अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। त्यसअघि एसीसीको कार्यक्रम अनुसार यहि डिसेम्बर १५ देखि १८, सम्म मलेशियामै आयोजना हुने यू–१९ एसिया कपको समुह चरणको खेलअन्तर्गत भारत र पाकिस्तानसँग खेल्ने कार्यक्रमसमेत छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।