निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी बताउने व्यक्ति पक्राउ, ऋषि धमलालाई पनि बाेलाइयाे

२०८१ कार्तिक २८, बुधबार
सारांश
  • काठमाडौँ- ६ वर्ष अगाडि कञ्चनपुरमा भएकाे निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भनेर बताउने गोरखाका नवराज अर्याल पक्राउ परेका छन्।

काठमाडौँ- ६ वर्ष अगाडि कञ्चनपुरमा भएकाे निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भनेर बताउने गोरखाका नवराज अर्याल पक्राउ परेका छन्।

 

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बुधबार अर्याललाई गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा पक्राउ गरेकाे हाे।

 

उनले प्राइम टाइम्स टेलिभिजनकाे जनता जान्न चाहन्छन् कार्यक्रममा आफू खानेपानी विभागको सवारी चालक रहेकाे र त्यसक्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको बताएका थिए।

 

सीआईबीका अनुसार अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुट रहेकाे र त्यो विषयमा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हाे।

 

अन्तर्वार्ता दिने टेलिभिजन कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सीआईबीले कार्यालयमा बोलाएको छ।

 

२०७५ साउन १० गते कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएकाे थियाे। प्रहरीले अहिलेसम्म हत्यारालाई पक्राउ गरेकाे छैन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार