- नर्वेका नागरिकसँग हिमाल चढ्न सहयोगीका रुपमा गएका नुवाकोट काल्चेका ६२ वर्षीय लालबहादुर तामाङ शनिवार बेपत्ता भएका हुन् ।
पोखरा- मर्दी हिमाल आरोहण गरेर फर्किँदा लडेर बेपत्ता पर्यटक गाइडको शव फेला परेको छ ।
नर्वेका नागरिकसँग हिमाल चढ्न सहयोगीका रुपमा गएका नुवाकोट काल्चेका ६२ वर्षीय लालबहादुर तामाङ शनिवार बेपत्ता भएका हुन् ।
उनको शव मंगलबार फेला परेको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री ( राजेन्द्र) ले जानकारी दिए ।
लालबहादुर मर्दीको ५ हजार ३०० मिटर उचाइबाट खसेका थिए । उनको शव सात सय मिटर तल फेला परेको वडाध्यक्ष क्षेत्रीले बताए । मर्दी हाइक्याम्पबाट गएको उद्दार टोलीले खोंचबाट डोरीको सहायताले दुई सय मिटर माथि ल्याएर शवलाई सुरक्षित तवरले प्याक गरिएको छ´, उनले भने,’डोरीले हेलिकप्टरबाट झुन्डाएर उद्दार गर्न मिल्ने गरेर छाडेका छौं । मान्छेले उद्दार गरेर ल्याउने सम्भावना देखिएन ।’
मंगलबार विहान हेलिकप्टरबाट रेकी गरेर शव रहेको स्थान फेला पारेको हो ।
उनीहरु हिमाल चढ्नलाई गत शुक्रबार हाइक्याम्पबाट मर्दी हिमालतर्फ लागेका थिए ।
वडाध्यक्ष क्षेत्रीका अनुसार उनीहरु सनराइज कम्पनी काठमाडौंमार्फत आएका हुन् ।
टोलीमा हिमाल आरोहणका लागि आएका नर्वेका नागरिक एक जना र नेपाली ४ जना थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।