मानव तस्करीको अभियोग लागेका कोशीका निवर्तमान आन्तरिक मामिलामन्त्री अधिकारी पक्राउ
२०८१ कार्तिक २५, आईतबार
- विराटनगर- कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर- कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
मानव तस्करीको अभियोगमा उनलाई आफ्नै पार्टी नेकपा एमालेले पनि साधारण सदस्यसमेत नरहनेगरी निलम्बर गरेको थियो।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
उनलाई विराटनगरबाट काठमाडौँ लगिँदै गरिएको बताइएको छ।
अधिकारीलाई आजै अदालतबाट अनुमति लिएर पक्राउ गरिएको बुझिएको छ।
उनलाई आजै विमानबाट काठमाडौँ लैजाने तयारी छ । मानव तस्कर गिरोहसँग मिलेर तीन युवालाई जनही १० देखि १३ लाख असुल गरी अधिकारीले जापान लगेका थिए ।
अधिकारीसहित चार जनालाई जापानको टोकियो विमानस्थल अध्यागमन कार्यालयले कागजात शंकास्पद लागेपछि १४ कात्तिकमा डिपोट गरेको थियो ।
काठमाडौँ विमानस्थलमा आएपछि प्रहरीले तीन युवालाई पक्राउ गरे पनि मन्त्री भएको बताउँदै परिचयपत्र देखाएपछि अधिकारीलाई छाडेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।