सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि अर्को समिति बनाइने
२०८१ कार्तिक २ गते, शुक्रबार
- सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि अर्को समिति बनाइने
काठमाडौँ- सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि बनेको सिफारिस समितिले काम नगरेपछि अर्को समिति बनाइने भएको छ।
गत चैत महिनामा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति बने पनि उक्त समितिले काम गर्न सकेको थिएन।
सोही विषयमा छलफल गर्न बिहीबार तीन दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश वडाल सहभागी थिए।
सोही बैठकले पदाधिकारी सिफारिस समिति अर्को बनाउने सहमति गरेको हो। अर्को बन्ने सिफारिस समितिले गरेको सिफारिसका आधारमा आयोग गठन हुने बताइएको छ।
अहिलेका संयोजक पूर्वप्रधानन्यायाधीश मिश्रलाई पुनः संयोजक बनाउने वा अरु नै पूर्व प्रधानन्यायाधीशलाई संयोजक बनाउने भन्नेबारे यकिन नभएको बताइएको छ। आज शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले पदाधिकारी सिफारिस समिति बनाउने बताइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’