हनी ट्र्याप घुस प्रकरणः अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी निरीक्षक शाही फरार

२०८१ असोज ३०, बुधबार
सारांश
  • काठमाडौँ- हनी ट्र्याप घुस प्रकरणमा अनुसन्धानमा तानिएकी भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही फरार भएकी छन्।

काठमाडौँ- हनी ट्र्याप घुस प्रकरणमा अनुसन्धानमा तानिएकी भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही फरार भएकी छन्।

 

ललितपुर प्रहरी स्रोतका अनुसार उनी हाल सम्पर्कमा छैनन्। उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

 

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

 

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवलदारसहित चारजना थुनामा छन्।

 

सुष्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ।

 

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार