लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छ: मुख्यमन्त्री आचार्य
२०८१ असोज १९ गते, शनिबार
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् ।
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् ।
आज शनिबार बुटवलमा रुपन्देही उद्योग संघको ४६ औं वार्षिक साधारणसभामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने र त्यसको समन्वय प्रदेश सरकारले गर्ने बताएका हुन् ।
‘सरकार एक्लै केही गर्न सक्दैन, निजी क्षेत्रबाट नै विकास र समृद्धिको आधार खोज्ने हो, उद्योगीहरुका समस्या पहिचान गरेर कुनै कानूनी समस्या भए समाधान गरेर जान सकिन्छ, त्यही विषयमा छलफल गर्न म समय दिएर तपाईहरुकोमा आएको हुँ’ उनले भने ।
प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने उनले जनाए । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरुमा औद्योगिक क्षेत्र बनाउनेगरी निर्णय गरेको र सो निर्णयहरुको कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने उनको भनाइ थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’