विपद् प्रभावितको पहिचान भएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा हुन्छः गृहमन्त्री लेखक
२०८१ असोज १९ गते, शनिबार
- विपद् प्रभावितको पहिचान भएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा हुन्छः गृहमन्त्री लेखक
काठमाडौँ – गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरुको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएका छन्।
शनिबार मन्त्रालयलमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनसन तोडिसकेपछि बोल्दै गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरुको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताएका हुन्।
उनले त्यसको लागि स्थानीय तहले चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताए। उनले अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको बताए।
उनले विपद्बाट मृत्यु भएकाका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरुमा पैसा पठाइसकेको बताए। चाँडोभन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको बताए।
उनले घाइतेको स्वास्थ्यलाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको बताए। उनले उद्धार, राहत, पुनःनिर्माण, पुनर्स्थपनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्ने कुरा अघि बढेको बताए।
प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा परेका ग्रामिण भेगका नागरिकको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धारको माग राखि भदौ २१ गतेदेखि सिलवाल आमरण अनसन बसेका थिए।
गर्भवती एवं सुत्केरी महिलाहरु विपद् एवं आकस्मिक घटनाका कारण घाइते भई सघन उपचार आवश्यक भएका तत्कालीन सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागि ज्यान जानसक्ने अवस्था रहेकाहरुको आपत्कालीन हवाई उद्धार गर्ने विषयमा सहमति भएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।