विदेशी मुद्राको सटहीदर: २०८३ जेठ ०७ विहिवार

२०८३ जेठ ०७ विहिवार
सारांश
  • नेपाल राष्ट्र बैंकले आज (विहिवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

काठमाण्डौ, ०७ जेठ । नेपाल राष्ट्र बैंकले आज (विहिवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । 

 

यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

 

क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २१ पैसा कायम गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा रहेको छ ।

 

साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ७३ पैसा र बिक्रीदर चार रुपैयाँ ७५ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ४२ रुपैयाँ १० पैसा तथा बिक्रीदर ४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।

 

मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९ रुपैयाँ १० पैसा कायम गरिएको छ । दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ । स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६ रुपैयाँ ५२ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९९ पैसा र बिक्रीदर २४ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

 

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ५०३ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

 

ओमानी रियाल एकको खरिददर ४०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार