मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
२३ भाद्र, २०८३, मगलवार
- टिमोर–लेस्टेको राजधानी डिलीमा जारी विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो।
काठमाडौँ: नेपालले एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठनले सम्मान गरेको छ ।
टिमोर–लेस्टेको राजधानी डिलीमा जारी विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। बैठकमा नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहेको छ ।
बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा र सुरक्षित प्रसूति अभ्यासमार्फत नेपालले मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको उपलब्धि निरन्तर कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठनले सम्मान गरेको हो। संगठनका महानिर्देशकले प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसियामा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ ।
यसैबीच, नेपालमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका कार्यमा प्रत्यक्ष खटिनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता बैठकमा सहभागी हुन सकेकी छैनन्। उनले भिडियो सन्देशमार्फत बाढीबाट सिर्जित संकट र प्रभावित समुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्य क्षेत्रमा जलवायु वित्तको आवश्यकता औँल्याएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान
-
मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
-
हङकङ चाइनाले नेपाललाई दियो २६२ रनको लक्ष्य
-
‘जेन्जी आन्दोलन’को भावना हाइज्याक गर्नेहरूको पहिचान गरी कारबाही गर्नुपर्छ'- शंकर पोखरेल
-
विदेशी मुद्राको सटहीदर: २०८३ भाद्र २३ मङ्गलवार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।