आज विश्व लामखुट्टे दिवस मनाइँदै

२०८३ भाद्र ४ गते विहिवार
सारांश
  • सन् १८९७ मा बेलायती चिकित्सक सर रोनाल्ड रोसले पोथी एनोफिलिज लामखुट्टेले मानिसमा मलेरिया सार्ने तथ्य पत्ता लगाएका थिए । उनले भारतको सिकन्दराबादमा काम गर्ने क्रममा लामखुट्टेले मलेरियाको परजीवी सार्ने प्रमाणित गरेका थिए ।

काठमाण्डौ, ०४ भाद्र । हरेक वर्ष अगस्ट २० मा विश्व लामखुट्टे दिवस मनाइन्छ । लामखुट्टेबाट फैलिने रोगबारे जनचेतना बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

 

सन् १८९७ मा बेलायती चिकित्सक सर रोनाल्ड रोसले पोथी एनोफिलिज लामखुट्टेले मानिसमा मलेरिया सार्ने तथ्य पत्ता लगाएका थिए । उनले भारतको सिकन्दराबादमा काम गर्ने क्रममा लामखुट्टेले मलेरियाको परजीवी सार्ने प्रमाणित गरेका थिए । यही महत्वपूर्ण खोजको सम्झनामा विश्व लामखुट्टे दिवस मनाउन थालिएको हो ।

 

लामखुट्टेबाट फैलिने मलेरिया, डेङ्गु, जिका, चिकनगुनिया र पहेँलो ज्वरोजस्ता रोगले अझै पनि विश्वभर ठूलो जनसंख्यालाई जोखिममा पारिरहेका छन् । विशेषगरी डेङ्गुको संक्रमण बढ्दै गएकाले लामखुट्टेबाट हुने रोग नियन्त्रणमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । यस दिवसले लामखुट्टेबाट हुने रोगका जोखिमबारे जनचेतना फैलाउने, रोग नियन्त्रणसम्बन्धी अनुसन्धानलाई सहयोग गर्ने तथा विश्वव्यापी स्वास्थ्य साझेदारीलाई बलियो बनाउने सन्देश दिन्छ ।

 

लामखुट्टेबाट फैलिने रोग नियन्त्रणका लागि सरकार, स्वास्थ्य संस्था, अनुसन्धानकर्ता, स्थानीय समुदाय, सामाजिक संस्था तथा अन्य साझेदारबीच सहकार्य आवश्यक रहेको जनाइएको छ । समुदायको सहभागिता र प्रभावकारी रोग नियन्त्रणका उपायमार्फत लामखुट्टेबाट हुने रोगको जोखिम घटाउन सकिनेमा जोड दिइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार