चिकित्सकमाथि भएको आक्रमणको चिकित्सक संघद्वारा भर्त्सना, दोषीलाई कारबाही गर्न माग
१० श्रावण, २०८३, आइतवार
- संघले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न तथा स्वास्थ्य संस्थामा सुरक्षित र भयरहित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
काठमाडौँ: नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सेवाकै क्रममा भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा गुण्डागर्दीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै आकस्मिक कक्षमा उपचारका क्रममा गम्भीर मुटुरोगीको निधन भएपछि घटनाको यथार्थ नबुझी अस्पतालमा तोडफोड गरिएको तथा विवाद समाधानका लागि छलफलमा जाँदै गरेका मेडिकल अफिसर डा. प्रमोद राममाथि करिब ४०-५० जनाको समूहले मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेको भन्दै घटनाको कडा भर्त्सना गरेको हो ।
संघले यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत सुरक्षा कमजोर बनाउनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने जनाएको छ ।
संघले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न तथा स्वास्थ्य संस्थामा सुरक्षित र भयरहित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
संघले आक्रमणमा परेका चिकित्सकसहित आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले निलम्बन गरेकोप्रति पनि गम्भीर आपत्ति जनाएको छ । निलम्बनको निर्णय तत्काल फिर्ता लिन र चिकित्सकलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन पनि संघले आग्रह गरेको छ ।
संघले घटनामा संलग्न दोषीमाथि तत्काल कानुनी कारबाही नभए आन्दोलनका कार्यक्रमसहित थप कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी र सदस्यलाई थप जिम्मेवारी
-
उद्योगको विद्युत् बक्यौता तत्काल असुल गर्न कुलमान घिसिङको सरकारलाई आग्रह
-
प्रश्नपत्र लिकमा संलग्न दुई जना पक्राउ, थप अनुसन्धान हुदैछ- शिक्षामन्त्री पोखरेल
-
भोलिबाट चल्ने भयो नेपालकै पहिलो सुरुङमार्ग, पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
-
इरान-युक्रेन सम्बन्धमा नयाँ तनाव, जहाज आक्रमणपछि आरोप प्रत्यारोप
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।