- मस्तिष्कसम्बन्धी रोगबारे जनचेतना फैलाउने, सामाजिक विभेद अन्त्य गर्ने र सबै नागरिकको उपचारमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस सन् २०१४ देखि विश्व स्नायु विज्ञान महासङ्घको पहलमा मनाउन थालिएको हो ।
काठमाण्डौ, ०६ श्रावण । आज जुलाई २२ अर्थात् विश्व मस्तिष्क दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मस्तिष्कसम्बन्धी रोगबारे जनचेतना फैलाउने, सामाजिक विभेद अन्त्य गर्ने र सबै नागरिकको उपचारमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस सन् २०१४ देखि विश्व स्नायु विज्ञान महासङ्घको पहलमा मनाउन थालिएको हो ।
यस वर्षको विश्व मस्तिष्क दिवसको नारा ‘सबैका लागि मस्तिष्क स्वास्थ्य’ रहेको छ । विश्वभर ३ अर्ब ४० करोडभन्दा बढी मानिस विभिन्न स्नायु तथा मस्तिष्कसम्बन्धी रोगबाट प्रभावित रहेको अवस्थामा उपचार सेवामा रहेको असमानता हटाउँदै सबैलाई समान अवसर उपलब्ध गराउने सन्देश यस वर्षको अभियानले दिएको छ ।
अभियानले समयमै रोग पहिचान, प्रारम्भिक उपचार, रोगको रोकथाम, स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरण तथा मस्तिष्क स्वास्थ्यलाई प्राथमिकतामा राख्ने नीतिगत सुधारमा जोड दिएको छ। विशेषगरी दुर्गम तथा स्रोतसाधनको अभाव भएका क्षेत्रमा पनि गुणस्तरीय उपचार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
विश्व स्नायु विज्ञान महासङ्घका अनुसार मस्तिष्कसम्बन्धी रोग विश्वमा अशक्तताको प्रमुख कारणमध्ये एक बनेको छ। त्यसैले उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी समस्याको नियन्त्रण, नियमित शारीरिक व्यायाम, स्वस्थ खानपान तथा स्वस्थ जीवनशैली अपनाउन सके दीर्घकालीन रूपमा मस्तिष्क स्वास्थ्य जोगाउन महत्वपूर्ण योगदान पुग्ने विज्ञहरूले बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।