- नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
काठमाण्डौ, १७ जेठ । आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ ।
दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ । स्वास्थ्य अधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले सूर्तीजन्य वस्तुको सेवनबाट मानव स्वास्थ्यमा पर्ने असरप्रति चेतना जगाउने खालका अन्तक्र्रिया तथा गोष्ठी कार्यक्रम आयोजना गर्दछन् ।
यस दिवसका अवसरमा सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्न नीतिगत वकालतका कार्यक्रम समेत आयोजना गरिन्छन् । नीतिगत वकालतका माध्यमबाट सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्नु नै यो दिवस मनाउनुको मुख्य उद्देश्य हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’