स्वास्थ्य क्षेत्रमा पनि दुई दिन सार्बजनिक बिदा लागु हुने
४ बैसाख, २०८३, शुक्रवार
- मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो
काठमाडौँ: स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो । सोही सन्दर्भमा बिरामीको निरन्तर उपचार सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूलाई आवश्यक निर्देशन दिइएको छ ।
आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रियाहरू बिरामीको सहजता अनुसार पुनः तालिका मिलाइनेछ भने अन्तरंग र आकस्मिक सेवा भने सधैँझैँ २४सै घण्टा सञ्चालनमा रहने मन्त्रालयले स्पष्ट पारेको छ ।
बिदाका दिनमा बिरामीले समस्या नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्म सेवा उपलब्ध गराउन, सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा पठाउन तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
यसका साथै बिदाका दिन उपलब्ध सेवाबारे जानकारी अस्पतालको वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले अस्पताल सुधार कार्यविधि २०८२ पूर्ण रूपमा लागू गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
-
फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ
-
दशैँको अवसरमा काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बस सेवा सञ्चालन
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ३ गते मङ्गलबार
-
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’