पर्सा र बारामा ८५ प्रतिशतलाई खुवाइयो हैजा रोगविरुद्धको खोप

२०८२ कार्त्तिक ०५ बुधवार
सारांश
  • स्वास्थ्य मन्त्रालयले असोज २६ गतेदेखि शुरु भएको हैजाविरुद्धको खोप अभियानमा अहिलेसम्म ८ लाख ६४ हजार ५५३ जनालाई खोप खुवाइएको जानकारी दिएको छ ।

जनकपुरधाम : पर्सा र बाराका स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान जारी रहेको छ ।

 

स्वास्थ्य मन्त्रालयले असोज २६ गतेदेखि शुरु भएको हैजाविरुद्धको खोप अभियानमा अहिलेसम्म ८ लाख ६४ हजार ५५३ जनालाई खोप खुवाइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल पर्साका ५ एक लाख ४७ हजार ३११ जना र बाराका ३ लाख १७ हजार २४२ जनालाई खोप खुवाइएको छ ।

 

मन्त्रालयले दुवै जिल्लाका गरि १० लाख १८ हजार ६० जनालाई खोप खुवाउने लक्ष्य लिएको जनाएको छ ।  अहिलेसम्म लक्षित जनसंख्याको ८५ प्रतिशत जनसंख्यालाई हैजाविरुद्धको खोप खुवाइएको छ  । 

 

नेपाल सरकारले पर्सा र बारामा भएको हैजा महामारी नियन्त्रण गर्न इन्टरनेशनल कोर्डिनेटिङ ग्रुप अन भ्याक्सिन प्रोभिजनबाट हैजा विरुद्धको इयूभिचोल-एस खोप १० लाख १८ हजार ६० मात्रा प्राप्त गरेको जनाएको छ ।

 

साथै पर्सा जिल्लाका सबै स्थानीय तहमा र असोज २८ गते बारा जिल्लाका ६ स्थानीय तहमा हैजा रोगविरुद्धको खोप अभियान संचालन गरिने भनिएकोमा हाल खोप अभियान दुवै जिल्लाका सबै स्थानीय तहमा संचालन गरिएको छ ।

 

हैजा रोग विरुद्धको खोप एक बर्ष माथिका सबैलाई खुवाइने मन्त्रालयले जानकारी दिएको छ । यो खोप एक पटक मात्र दिइने र यसका लागि नजिकको स्वास्थ्य संस्था र वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यो खोप नि: शुल्क पाइने, सुरक्षित रहेको र खोपले जीवन रक्षा गर्ने हुनाले सबैले लिन मन्त्रालयले अपिल समेत गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार