सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचारको प्रारम्भः अत्याधुनिक मेसिन सञ्चालनमा

२०८२ भाद्र १६ सोमवार
सारांश
  • अस्पतालमा आयोजित कार्यक्रमका बीच उक्त मेसिन हस्तान्तरण गर्दै मन्त्री पौडेलले सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर लागि परिरहेको बताए ।

काठमाडौँ :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोगको उपचार सेवा शुभारम्भ गरेको छ ।

 

अस्पतालमा आयोजित कार्यक्रमका बीच उक्त मेसिन हस्तान्तरण गर्दै मन्त्री पौडेलले सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर लागि परिरहेको बताए ।

 

‘क्षयरोगको यथासक्य छिटो निदान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय प्रतिबद्ध भएर कार्य गरिरहेको छ, ’आज यस अस्पतालमा सुरु भएको सेवा तथा जडान भएको अत्याधुनिक मेसिनले क्षयरोगको पहिचान गरी बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान दिने विश्वास हामीले लिएका छौं’, मन्त्री पौडेलली भने ।

 

यसअघि सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग परीक्षणको सुविधा नहुँदा त्यहाँ उपचारका लागि आउने बिरामीहरूले अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । यस सेवाले सशस्त्र प्रहरीका कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारण नागरिकलाई समेत छिटो र भरपर्दो परीक्षण सेवा सुनिश्चित गर्नेछ ।

 

‘क्षयरोगमुक्त नेपाल बनाउने हाम्रो राष्ट्रिय अभियानमा प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ,’ कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले भने, ‘आज जडान भएको यस मोलिक्युलर टेस्ट मेसिनले अब बिरामीहरूलाई मात्र दुई घण्टामा क्षयरोगको निदान रिपोर्ट उपलब्ध गराउनेछ’ उनले भने ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ५० लाख रुपैयाँको लागतमा उक्त मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो ।   

नेपाल सरकारले क्षयरोग निदानलाई सहज र प्रभावकारी बनाउन देशभरका विभिन्न अस्पतालहरूमा क्षयरोग उपचार सेवा विस्तार गर्दै आएको छ ।

 

हालसम्म देशका १२८ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरूबाट यो सेवा सफलतापूर्वक सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी अस्पतालमा यो सेवाको विस्तारले राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमलाई थप बल पुरÞ्याउने अपेक्षा गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार