- आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् ।
वीरगन्ज: वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ । आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् ।
महानगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितहरू वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेका छन् ।
अस्पतालमा उपचाररत संक्रमितको विवरण
नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि हस्पिटलमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जना बिरामीको उपचार भइरहेको छ । यस्तै, झाडापखाला र शंकास्पद हैजाका १६१ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन् ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार केही बिरामी उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । उनले आत्तिनुपर्ने अवस्था नरहेको र सफा खानेपानी, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य सतर्कता अपनाएर हैजाको जोखिमबाट बच्न सकिने बताए ।
संघ–प्रदेश–स्थानीय तहको संयुक्त प्रयास
हैजा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूले संयुक्त रुपमा अभियान सञ्चालन गरिरहेका छन् । वीरगन्ज महानगरपालिकाले विशेष स्वास्थ्यकर्मी टोली परिचालन गरी संक्रमित क्षेत्रहरूमा नियन्त्रण र रोकथामका गतिविधि अघि बढाएको छ ।
यस्तै, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले नारायणी अस्पतालसहित अन्य स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक स्वास्थ्य सामग्री आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ ।
स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूले नागरिकलाई सचेत रहन, सफा पानी मात्र पिउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’