गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण

२०८२ भाद्र ०१ आइतवार
सारांश
  • पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौं: गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ ।


प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस महिनायता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको हो । 


त्यस्तै पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको छ ।


सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु संक्रमण देखिएको हो ।


पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए ।


डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार