एनआइएचएसको निःशुल्क स्किन टेस्ट क्याम्पमा टिनेजहरुको भीड

२०८२ असार २१ शनिवार
सारांश
  • शनिबार काठमाडौंको जमलस्थित विश्वज्योति मलमा आयोजित क्याम्पमा छाला सम्बन्धि समस्या र त्यसको निदानबारे सेवा प्रदान गरिएको थियो ।

काठमाडौं : नेपाल इन्टरनेशनल हेल्थ सर्भिस(एनआइएचएस)ले निःशुल्क स्किन टेस्ट क्याम्प आयोजना गरेको छ । 


शनिबार काठमाडौंको जमलस्थित विश्वज्योति मलमा आयोजित क्याम्पमा छाला सम्बन्धि समस्या र त्यसको निदानबारे सेवा प्रदान गरिएको थियो ।


एनआइएचएसले प्रदान गर्ने सेवा सुविधा एवम मानिसहरुले आफ्नो शरीरमा भएका छालाहरु सम्बन्धि ज्ञान बढाउने उद्देश्यले क्याम्प आयोजना गरिएको जनाएको छ । 


हालका स्किन सेन्टर वा पार्लरका सामानहरु सही तरिकाले प्रयोग गराउने विधि र प्रक्रियाबारे ज्ञान दिने र सेवाका बारेमा जानकारी दिनका लागि क्याम्पको आयोजना गरिएको नेपाल इन्टरनेशनल हेल्थ सर्भिस(एनआइएचएस)मा आवद्ध छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा.अमृता श्रेष्ठले जानकारी दिइन् ।


‘क्याम्पको उद्देश्य भनेको मुख्य गरेर जनचेतना नै हो । स्किन टेस्ट किन आवश्यक छ र यसले कस्ता किसिमका जोखिमहरु निम्त्याउँछ भन्ने जानकारी दिनु हो । क्याम्पमा सम्बन्धित विशेषज्ञ डाक्टरहरुसँग परामर्श निशुल्क गराइएको छ । हाइड्रा फेससियल पनि अन्य दिनमा भन्दा  सहुलीयत मूल्यमा गराएका छौं,’ उनले भनिन् । 


उनले छाला सम्बन्धी जटिल समस्याको भने रगत जाँच गरिएको र छालाको हेरचाह कसरी गर्ने भन्ने जानकारी दिइएको साथै खानपान साथै लाइफ स्टाइलबारे पनि जानकारी दिइएको बताइन् । 


क्याम्पमा सेवा लिनका लागि बढीजसो टिनेज साथै एक्जिमा, पिम्पल, ऐक्नी जस्ता समस्या भएका बिरामीहरु आएको पनि उनले जानकारी दिइन् ।


सोही क्लिनिककी मेडिकल अफिसर डा. श्रिखंला श्रेष्ठले अस्पतालको प्रमोशनका साथै अहिलेका युवापुस्तामा देखिएको छाला सम्बन्धि रोगबारे सचेतना जगाउने उद्देश्यले क्याम्प संचालन गरिएको जानकारी दिइन् ।


उनले धेरैजसो एक्निका(विग्रिएको डन्डिफोर)को चेकजाँचका लागि विरामीहरु सहभागी भएको पनि बताइन् । उनले टुर्डमाको प्रोडक्टमा १० प्रतिशत छुट दिएको जानकारी दिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार